कीवर्डहरू -

२५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिकः क्यान महासंघ

२५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिकः क्यान महासंघ

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको बताएको छ ।

क्यान महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै निषेधाज्ञाको कारण आर्थिक गतिविधि सञ्चालन ठप्प रहेको अवस्थामा २५ गतेभित्र कर विवरण तथा कर भुक्तानी गर्ने पर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको रहेको बताएको हो । साथै यसमा सहुलियत पूर्ण व्यवस्था गरिदिन समेत क्यान महासंघले माग गरेको छ ।

क्यान महासंघले सूचना प्रविधिको विकासमा विशेष ध्यान दिन र यस क्षेत्रका व्यवसायलाई यथासम्भव सुविधा वा सहुलियत दिई प्रोत्साहित गर्न समेत सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।

स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको व्यवस्था गरी व्यवसाय सञ्चालनको वातावरण मिलाउन समेत महासंघले आग्रह गरेको छ ।