कीवर्डहरू -

एन्ड्रोइड ११ सार्वजनिक, यस्ता छन् फिचर

एन्ड्रोइड ११ सार्वजनिक, यस्ता छन् फिचर

एनड्रोइड ११ अपरेटिङ्ग सिस्टम गूगलले आज सार्वजनिक गरेको छ । यो अपडेट वानप्लस, रियलमी, साओमी, ओप्पो आदि फोनमा उपलब्ध हुनेछ ।

यी हुन् एण्ड्रोइड इलेभेनका केही फिचरहरु

कन्भरसेसन

एनड्रोइड ११ ले टेक्स्ट कन्भरसेसनमा सुधार गरेको छ । गूगलले तपाईँले गरेको कुराकानीको नोटिफिकेसनलाई छुट्टै राख्ने गर्दछ जसले गर्दा त्यो नोटिफिकेसन बारको माथि तर्फ आउँछ र यत्तिकै एपहरुबाट आएको नोटिफिकेसन बाट छुट्टिन्छ । हाम्रो महत्वपूर्ण मेसेजहरु यस्तो हुदा छुट्दैन् ।

बबल्स

गूगलले कन्भरसेसनको लागी आफ्नो आधिकारिक बबल्स फिचर ल्याएको छ । मेसेन्जर प्रयोग गर्ने सबैलाई यो फिचरकको बारेमा थाहा नै छ ।

यस फिचरको सहयोगले कुनै एपमा मेसेज आउदा चलाइरहेको एप बन्द नगरेरै रिप्लाई दिन सकिन्छ । यो फिचरले काम गर्न एपहरुले यो फिचर सँग मिल्ने अपडेट भने ल्याउनुपर्छ ।

बिल्ट इन स्क्रीन रेकर्डडिङ

एनड्रोइडमा अहिले सम्म स्क्रीनको रेकर्डडिङ्ग गर्न अलि झनझटनै हुने गर्दथ्यो । किनभने यसको लागी फेरि छुट्टै एप डाउनलोड गर्नुपर्थ्यो तर अब यस्तो हुदैन । अब आफ्नै मोबाइलबाट आवाज सहित कन्टेन्ट रेकर्ड गर्न मिल्छ ।

स्मार्ट डिभाइसमा छिटो पहुँच गर्न सकिने

अब पावर बटन प्रेस गरेर कन्ट्रोल स्क्रिन ल्याउन सकिन्छ र स्मार्ट डिभाइस नियन्त्रण गर्न सकिन्छ ।

मिडिया नियन्त्रण गर्न सक्ने

कहिलेकाँही एनड्रोइडमा अडियो अफ गर्न एकदमै गाह्रो हुने गर्दछ । एनड्रोइड ११ ले कुन बेला कुन मिडिया डिभाइसबाट आउटपुट दिने हो भनेर नियन्त्रण गर्न मिल्छ । अब प्लेलिस्टमा नगइकनै मेन्यूबाट नै कुनै गीतको सेसन सुरु गर्न मिल्छ ।

गोपनीयताको रक्षा

एनड्रोइड १० देखि नै गूगलले गोपनीयताको विषयलाई गहन तरीकाले लिन थालेको थियो । अब कुनै पनि एपलाई कम्पनीले क्यामेरा, लोकेसन, माइक्रोफोन जस्ता केही फिचरहरुलाई एक पटक मात्रै एक्सेस दिनेछ ।

त्यस्तै कुनै एप डाउनलोड गरेर पनि प्रयोग गर्नुभएको छैन् । भने अटो रिसेटको सहयोगले तपाईले प्रयोग नगरेको एपको बारे सूचना दिन्छ ।

पिक्सेलमा मात्रै उपलब्ध फिचर

माथिको अरु फिचर भने सबै एनड्रोइड ११ चल्ने मोबाइलमा प्रयोग गर्न सकिन्छ तर कुनै पनि स्थानको लाइभ भ्यू शेयर गर्ने फिचर पिक्सेलमा मात्रै चल्छ ।

त्यस्तै बेटर स्क्रीनशट तथा टेक्स्ट सेलेक्सन फिचर पनि पिक्सेलमा मात्रै उपलब्ध रहेको छ ।