कीवर्डहरू -

एएसपी डटनेट के हो र के छन् यसका बिशेषताहरु ?

डटनेट भनेको माइक्रोसफ्टले विकास गरेको एक प्रविधि हो ।

एएसपी डटनेट के हो र के छन् यसका बिशेषताहरु ?

आलोक कुमार पाण्डे

CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional


डटनेट

डटनेट भनेको माइक्रोसफ्टले विकास गरेको एक प्रविधि हो । यो डटनेट पुर्वाधारमा नै आधारित हुन्छ (डटनेट पुर्वाधार एक सफ्टवेयर पुर्वाधार हो, जुन माइक्रोसफ्ट विन्डोजमा उपयोग हुन्छ) ।

यसभित्र ठुलो पुस्तकालय र भाषाको Interoperability पर्दछ, जस अन्तर्गत कुनै पनि भाषाले अर्को भाषाका चिह्नहरू (codes) प्रयोग गर्न सक्दछन् । यो विभिन्न प्रोग्रामिङ भाषाहरूका बिचमा पनि हुनसक्छ ।

माइक्रोसफ्टले यस डटनेट पुर्वाधार को विकास, Next Generation Windows Services (NGWS) का नाममा, १९९० को अन्ततिर शुरु गरेको हो र २००० सालको अन्ततिर पहिलो बेटा भर्सनको .NET 1.0   प्रयोगमा आइसकेको थियो । सबैभन्दा पछिल्लो .Net version 4.8 रहेको छ, जुन २०१९-०४–१८ मा सार्वजनिक गरिएको थियो र यो मुख्यतया asynchronous प्रोग्रामिङ मोडल मा केन्द्रित रहेको छ ।

\"\"

.Net को बिशेषताहरु:

१. साझा Language Infrastructure (CLI)
२. सुरक्षा (Code Access Security)
३. Class library (Base Class Library (BCL)
४. Memory management (Garbage Collector)

एएसपी डटनेट (ASP.NET)

ASP.NET, .NET प्रविधि अन्तर्गत पर्ने एक शशक्त (server-side Web application framework) प्रविधि हो, जसको प्राथमिक उपयोगिता web development मा रहेको छ ।

यो एसपीको एक नयाँ रुप मात्र नभएर web development मा एक नयाँ युग नै मान्न सकिन्छ । विभिन्न web development को निर्माणका लागि ASP.NET ले प्रोग्रामिङ भाषाहरू जस्तै C# (सि सार्प), VB.NET र J# को प्रयोग गर्दछ ।

पुराना ASP/PHP र  ASP.NET बीचको मुख्य फरक भनेको ASP.NET ‘compiled’ हुनु र ASP  ‘Interpreted’ हुनुमा रहेको छ । पीएचपी लाई पनि विभिन्न व्यापारिक उत्पादनका सहायताले ‘compile’ गर्न त सकिन्छ तर यो सामान्यतया ‘Interpreted’ नै हुन्छ ।

ASP.NET पेजको एक्सटेन्सन .aspx हुन्छ । यसको ‘user controls’ पनि विभिन्न भाषाहरूमा लेख्न सकिन्छ जस्तै C++ र Java । जव कुनैपनि browser ले ASP.NET फाइलको अनुरोध गर्दछ, ASP.NET इन्जीनले त्यस फाइललाई पढेर, त्यसलाई संकलीत गरेर, फाइलको script लाई execute गरेर मात्र त्यसको परिणाम browser  लाई HTML मा फर्काउँछ ।

ASP.NET Razor एक नयाँ र सहज markup syntax हो जसले Classic ASP ले जस्तै गरि server code लाई ASP.NET वेब पेजमा embedding गर्दछ । यो पहिलेको ASP.NET जत्तिकै शशक्त मात्र नभई प्रयोग गर्न  र सिक्न पनि सजिलो देखिन्छ ।

ASP.NET Server प्रविधि
१.
वेब फारम (traditional ASP.NET)
२. वेब पेज (Razor syntax सहित)
३. MVC (Model View Controller)

ASP.NET Development Tools

ASP.NET ले तल उल्लेखित development tools को सहायता लिन्छ:

१. WebMatrix
२. Visual Web Developer
३. Visual Studio

ASP.NET फाइल Extensions

१. पुराना ASP फाइलहरूको एक्सटेन्सन .asp हुन्छ
२. ASP.NET फाइलहरूको एक्सटेन्सन .aspx हुन्छ
३. Razor C# syntax भएका ASP.NET फाइलहरूको एक्सटेन्सन .cshtml हुन्छ
४. Razor VB syntax भएका ASP.NET फाइलहरूको एक्सटेन्सन .cshtml हुन्छ

हाम्रा आगामी लेखहरूमा हामी Web Forms को परिचय दिनेछौं । ASP.NET मा वेब साइटको निर्माण गर्नुका बारेमा विस्तारमा जान्नको लागि कृपया हाम्रो आगामी बिहीबार प्रकाशित हुने लेख पढ्नुहोला । साथै 'डट नेट गाइड' को डिजिटल कपी खरिद गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।