कीवर्डहरू -

अन्वेषकहरुले क्याप्चर गरे विश्वको पहिलो ३२०० मेगापिक्सेलको फोटो

अन्वेषकहरुले क्याप्चर गरे विश्वको पहिलो ३२०० मेगापिक्सेलको फोटो

Jacqueline Orrell


स्ट्यानफोर्ड विश्वविद्यालयका अन्वेषकहरुले ३२०० मेगापिक्सेलको फोटो क्याप्चर गरेका छन् । नेसनल एक्सेलेटर ल्याब का अनुसार सेन्सर प्रयोग गरेर ३२०० मेगापिक्सेलको डिजिटल फोटो खिचिएको हो ।

त्यो क्यामेरा विश्वको सबैभन्दा टूलो डिजिटल क्यामेराको हिस्सा हुनेछ । यो क्यामेरा विश्वविद्यालयको लेगेसी सर्भे अफ स्पेस एण्ड टाइम (एलएसएसटी) टेलिस्कोप चिलिमा स्थापना हुनेछ । जसले डार्क ईनर्जी, डार्क म्याटरको बारेमा जानकारी लिइनेछ ।

यही विषयमा सबैभन्दा ठूलो खगोलशास्त्रीय फिल्म पनि बन्नेछ । फोटोहरु साह्रै ठूला छन् जसले गर्दा त्यसलाई फुल साइजमा हेर्न ३७८ फोरके अल्ट्रा हाई डेफिनेसन टीभी स्क्रीन चाहिन्छ ।

यो क्यामेराको प्रयोगले सानो, मधुरो चिज पनि हेर्न मिल्छ । यसको रिजोलुसन धेरै बढि भएर एउटा बललाई १५ माइल टाढा बाट पनि हेर्न मिल्छ र त्यसको सेन्सरले १०० मिलियन गुणा आखाँले देख्न नमिल्ने मधुरो चिज पनि देख्न सकिन्छ ।

यसलाई चार्ज कपल्ड डिभाइसको नामले चिनिने  १८९ सेन्सरले सम्भव पारेको हो । हरेक सेन्सर १६ मेगापिक्सेलको छ । यो चार्ज कपल्ड डिभाइसलाई एउटा यूनिटमा प्याक गरिएको छ, जसलाई राफ्ट्स भनिन्छ ।

त्यहाँ २१ राफ्ट्स छन्, चारवटा विशेष राफ्टहरु इमेजिङको लागि प्रयोग गरिदैन् । हरेक एक राफट्सको ३ मिलियन  डलर पर्ने गर्दछ । पहिलो पटकको परिक्षण सफल भएपनि यो क्यामेरा फेरि बनाउन गाह्रै हुन्छ । यसको अन्तिम परीक्षण सन् २०२१ को मध्यतिर सुरु हुने अपेक्षा गरिएको छ ।

एजेन्सीको सहयोगमा