कीवर्डहरू -

नेटटीभी एपले ल्यायो पैसा तिरेर नयाँ सिनेमा हेर्न मिल्ने सुबिधा 

नेटटीभी एपले ल्यायो पैसा तिरेर नयाँ सिनेमा हेर्न मिल्ने सुबिधा 

नेटटीभी एपले आफ्नो फिल्मको सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने 'फिचर' सार्वजनिक गरेको छ । यो फिचर आज अर्थात् सेप्टेम्बर ११ मा सफ्ट लञ्च गरिएको छ । सेप्टेम्बर महिना भरीमा नेटटीभी एपले सबै राष्ट्रिय र अन्तराष्ट्रिय फिल्म तथा टीभीे कार्यक्रमहरु उपलब्ध गराउने उद्देश्य लिएको छ ।

नेटटीभीले आफ्नो एप धेरै डाउनलोड भयो भने ग्राहकसँग अझै बढि अन्तरक्रिया गर्न मौका प्राप्त हुने हुदा यस्तो फिचर ल्याएको जनाएको छ । नेटटीभीकै सेटअप बक्समा भने फिल्मको सेक्सनमा पहिले देखि नै शुल्क लाग्ने गरी नेपाली सिनेमाहरु उपलब्ध छन् । नेटटीभी एपमा १५० पल्स च्यानल भएको लाइभ टेलिभिजन रहेको छ र केही नेपाली टीभी शो पनि रहेका छन् ।

\"\"

कोरोनाको कारण सिनेमा हलहरु पनि बन्द भएको समयमा नेटटिभीले ग्राहकको चाहनालाइ ध्यानमा राखेर नया सिमेनाहरु मोबाइलमै हेर्न मिल्ने गरि सुबिधा ल्याएको हो ।

यो एपलाई प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यसको भुक्त्तानी साझेदार भने ई–सेवा, खल्ती, आएमई–पे जस्ता मोबाइल वालेटहरु रहेका छन् र यिनीहरुको प्रयोगले सजिलै नेटटीभी वालेट टप–अप गर्न सकिन्छ ।

एपमा सिनेमा किन्न पनि एकदमै सहज छ, जसले गर्दा प्रयोगकर्तालाई त्यो प्रक्रियामा पनि समस्या पर्दैन् । आफूलाई मनपर्ने सिनेमा छान्ने र बाई नाऊमा थिचेर वालेटको विकल्प छानेर पैसा भुक्त्तानी गरेपछि सिनेमा हेर्न सकिन्छ । कोरोनाको कारण सिनेमा हलहरु पनि बन्द भएको समयमा नेटटिभीले ग्राहकको चाहनालाइ ध्यानमा राखेर नया सिमेनाहरु मोबाइलमै हेर्न मिल्ने गरि सुबिधा ल्याएको हो ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।