कीवर्डहरू -

फेवा बजारबाट शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सकिने

फेवा बजारबाट शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सकिने

पोखरामा मुख्य कार्यालय रहेको ईकमर्स कम्पनी फेवा बजार ले बिनाधितो किस्ताबन्दीमा सामानहरु खरिद गर्न मिल्ने नयाँ सुविधा लिएर आएको छ ।

फेवा बजारले प्रभु बैंक, माछापुच्छ्रे बैंक र सनराइज बैंकको सहकार्यमा बिनाधितो किस्ताबन्दीमा सामानहरु खरिद गर्न मिल्ने नयाँ सुविधा ल्याएको हो ।

यस योजना अन्तरगत ग्राहकले ५ लाख सम्मको सामान उधारोमा खरिद गर्न र शुन्य ब्याजदरमा मासिक रुपमा किस्ता तिर्न सकिने जनाइएको छ ।

विद्यार्थी, शिक्षक/शिक्षिका तथा पेशेवर लगायतलाई लक्षित गरी अहिले यो योजना ल्याइएको हो । फेवा बजारमा इलेक्ट्रोमिक्स, इलेक्ट्रिकल, ग्रोसरी, क्लिथिङ तथा फेसन, किचेन तथा डाइनिङ, बुक तथा स्टेशनरी, ह्यान्डी क्रयाप्ट, स्पोर्ट्स, गिफ्ट आईटम, मेसिनरी टुल्स, अटोमोबाइल, हेल्थ तथा ब्युटी लगायतका सामग्रीहरु उपलब्ध छन् ।