कीवर्डहरू -

हुवावेले घोषणा गर्‍यो दोस्रो भर्सनको हार्मोनी ओएस

हुवावेले घोषणा गर्‍यो दोस्रो भर्सनको हार्मोनी ओएस

हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुवाले हार्मोनी ओएस आफ्नो अरु डिभाइसहरु र अन्य स्मार्टफोन पनि ल्याउने जनाएको छ ।

हुवावेको डेभलपर कन्फेरेन्समा उपभोक्ता व्यवसायका प्रमुख कार्यकारी अधिकृत रीर्चाड यूले यो कुरा घोषणा गरेका थिए । हुवावेले हार्मोनी ओएस २.० एसडीकेको बेटा भर्सन डेभलपरलाई उपलब्ध गराउने छ ।

अहिले सम्म यो स्मार्टघडी, कार हेड यूनिट र टीभीहरमा मात्रै चल्ने गर्दछ । एसडीके भर्सनको स्मार्टफोन भने डिसेम्बर २०२० मा आउने बताइएको छ । हार्मोनी ओएस बाट चल्ने स्मार्टफोन अर्को वर्ष सन् २०२१ देखि आउने अनुमान लगाइएको छ ।

हार्मोनी ओएस पूर्णत ओपन सोर्स प्लटेफर्म हुनेछ । अहिले सम्म यो प्रोजेक्टले १२८ एमबी र्‍याम मात्रै धान्ने गर्दछ तर यसलाई पछि अप्रिलमा गएर ४ जीबी सम्म बढाइने छ । त्यसपछि अक्टोबर २०२१ सम्ममा मेमोरी लिमिटनै नरहने बनाइने छ ।

हार्मोनी ओएस रणनितीक हिसाबले हुवावेको महत्वपूर्ण परियोजना हो । हुवावेले अहिले गूगलको सेवा बिनै फोनहरु ढुवानी गरिरहेको छ र त्यसले अलि समस्या खडा गरिरहेको छ । एजेन्सीको सहयोगमा