कीवर्डहरू -

सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)

सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)

फोटोः एप्पल


सिङ्गापुरमा एप्पलले पहिलो पटक पानीमा तैरिने एप्पल स्टोर खोलेको छ । यो एप्पल स्टोरे मरीना बेको पानिमा बनेको छ ।

यो हेर्दा गुम्बज आकारको देखिन्छ । यो स्टोर पानीमा भकुण्डो तैरिरहेको जस्तै देखिन्छ । यसबाट मान्छेले सामान किने सँगसँगै बाहिरको दृश्य पनि अवलोकन गर्न सक्छन । यो एप्पलको खुद्रा पसल हो ।

\"\"

फोटोः एप्पल


एप्पलको यो रिटेल स्टोर ११४ ओटा गिलासको टुक्राले बनेको कम्पनीले जनाएको छ । यसको भित्र रुखहरु रोपिएका छन् । यहाँ ग्राहकहरुले एप्पलको उत्पादनहरु हेर्न र किन्न पाउँछन् ।

मरीना बेको अदभुत दृश्य मात्रै भएपनि हेर्नको लागी ग्राहकहरु यसमा जान सक्छन् । एप्पलले २०१७ मा पहिलो पटक सिङ्गापुरमा एप्पलको स्टोर खोलेको थियो । भने गत वर्ष जीवेल चाङ्गी एयरपोर्टमा दोस्रो स्टोर खोलेको थियो । एजेन्सीको सहयोगमा

फोटो फिचर

\"\"
फोटोः एप्पल


\"\" फोटोः एप्पल


\"\" फोटोः एप्पल