कीवर्डहरू -

अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने 

अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने 

सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाई सहजीकरण निर्देशिकामा विद्यालय तथा विद्यार्थीलाई निशूल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो ।

गत भदौ १९ गते बसेको मन्त्रीपरिषद बैठकले विद्यार्थी सिकाई सहजिकरण निर्देशिका पारित गरेको थियो । सो निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तरगत भनिएको छ, ‘ नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनको लागि मात्र हुने गरी निशूल्क वा सहुलियत शूल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय तथा विद्यार्थीलाई निःशूल्क उपलब्ध गराउने’ ।

इन्टरनेट महङ्गो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो आएपछि शिक्षा मन्त्रालयले निशूल्क इन्टरनेटको व्यवस्था गरेको हो । यो निर्देशिका असोज १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने छ । जसको लागि मन्त्रालयले संघ प्रदेश र स्थानीय तह तथा सरोकारवालालाई निर्देशन दिइसकेको छ ।