कीवर्डहरू -

वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै

वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै

अमेरिकी कम्पनी वालमार्टले ड्रोन मार्फत आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ । वालमार्टले उत्तरी कारोलिना फयटभिलमा यस हप्ता एउटा सानो पाइलट प्रोग्राम सुरु गर्दै छ ।

इजरायली स्टार्टअप कम्पनी फ्लाईट्रेरेक्सद्वारा सञ्चालित स्वाचालित ड्रोनको प्रयोग गरी रिटेलरहरुले किराना तथा घरमा आवश्यक सामानहरु डेलिभरी गरिदिने छन् ।

ड्रोनहरु  एक घण्टामा ३२ माइल सम्म उड्न सक्छन् र ६.६ पाउण्ड सम्मको भारी बोक्न सक्छन् । ड्रोनले आफै ल्याण्ड गरेर सामान झार्नुको सट्टा सामानलाई बिस्तारै ८० फिटबाट तल झार्छन ।

गत साल फ्लाईट्रेक्सले फेडरल एडमिन्ट्रेसन एभियसनबाट खानेकुरा डेलिभरी गरेर परिक्षण गर्ने अनुमति पाएको थियो । यी ड्रोनहरु कम जनसङ्ख्या भएको ठाँउहरुमा एउटा निश्चित गरेको मार्गमा उड्ने गर्दछन् ।

वालमार्टको अनुसार लाखौँ सामानको डेलिभरी गर्न भने केही समय लाग्ने छ । वालमार्टले २०१५ देखि नै ड्रोनको परिक्षण गर्दै आएको छ । आन्तरिक परिक्षण र ग्राहकलाई सामान पुर्‍याउनमा ठूलो दूरी हुने गर्दछ ।

यो महामारीको बेलामा ड्रोन बाट सामान पुर्‍याउने चलन झनै बढ्दै गएको पाइन्छ । तर वालमार्टको ड्रोन बजारमा आइपुग्न अहिले केही समय लाग्छ र ती ड्रोनहरु विशेष गरेर सबअर्बको लागी बनाइएको हो । एजेन्सीको सहयोगमा