कीवर्डहरू -

नेपालको लागि भिजाले सुरुवात गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

नेपालको लागि भिजाले सुरुवात गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको छ । जसले नेपालमा भुक्तानी सुरक्षाको दिशानिर्देशित गर्दछ ।

आजकाल सबैजसो व्यक्तिहरू स्मार्ट फोन र ल्याप्टप जस्ता उपकरणहरू मार्फत भुक्तानी गर्न रुचाउँछन् । थुप्रै नयाँ प्रयोगकर्ताहरू भुक्तानी इकोसिस्टममा प्रवेश गरिरहेका छन् । डिजिटल भुक्तानीलाई अँगाल्न नेपाललाई सहयोग पुर्याउने भिजाको विश्वास रहेको छ ।

भिजा सुरक्षा रोडम्याप सुरूवात गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङ्गहम भने ‘विश्वव्यापी महामारीले गर्दा अधिक उपभोक्ताहरू र व्यवसायहरूलाई डिजिटल व्यवसाय अपनाउन प्रेरित गरेको छ । जब व्यक्ति पहिलो पटक डिजिटल भुक्तानी गर्न प्रयास गर्छन्, चाहे यो अनलाइन खरीदहरूको लागि भुक्तानी गरिरहेको होस वा पसलमा नगएरै कार्डले भुक्तानी गर्दैछ, भुक्तानी सजिलो छिटो र सुरक्षित भन्ने अनुभव महत्त्वपूर्ण छ ।’

‘भुक्तानी सुरक्षा भिजाको सर्वोच्च प्राथमिकता हो र सम्बन्धित संस्थाका लागि साझा लक्ष्यहरूको निर्धारण हुनु डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास निर्माण गर्न मद्दतको लागि महत्त्वपूर्ण छ’ उनले बताए ।

‘नेपालको लागि भिजाको भविष्यको सुरक्षा रोडम्यापले स्थानीय सम्बन्धित संस्थाकालाई विश्वव्यापी मापदण्डहरू र उत्तम अभ्यासहरू पूरा गर्न मद्दत गर्दछ,’ उनले भने ‘हामी हाम्रा सबै साझेदारहरूसँगको सहकार्यको कदर गर्दछौं र विश्वास गर्छौं कि हाम्रो साझा दृष्टिकोणले आउँदो वर्षहरूमा डिजिटल भुक्तानीको अधिक प्रयोगलाई बढवा दिनेछ ।’

विश्वव्यापी रूपमा भिजाले सफलतापूर्वक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको बताएको छ । जसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई खुद्राविक्रेता र उपभोक्ताहरूको लागि सुरक्षित बनाएको पनि विज्ञप्तीमा उल्लेख रहेको छ ।

भिजाका भारत र दक्षिण एशियाका ग्रुप कन्ट्री म्यानेजर टी आर रामाचंद्रनले भने, ‘उपभोक्ता तथा भुक्तानी डेटाको सुरक्षा सधैं भिजाका लागि सर्वोच्च प्राथमिकता रहेको छ । यो विश्वासका साथ जब नयाँ उपभोक्ता र व्यवसाय डिजिटल भुक्तानी तर्फ उन्मुख हुने बेलामा भुक्तानी नेटवर्क, उपभोक्ताहरू, बैंकहरू र सरकार बिच एक साझा जिम्मेवारी हुन्छ ।’

‘नयाँ प्रविधिले भुक्तानीका लागि नयाँ तरिकाहरू प्रदान गर्नुका  साथै नयाँ नयाँ जोखिमहरू पनि ल्याउँछ । ठगी भन्दा अगाडि रहनको लागि हामीले मिलेर काम गर्नु पर्दछ र सुरक्षामा लगानी गर्नुपर्दछ । सुरक्षा र अनुभव बीचको सन्तुलनलाई प्राप्त गर्नका लागि आधारभूत कार्यको रूपमा नेपाल फ्यूचर अफ सिक्योरिटी रोडम्याप सुरूवात गर्न पाउँदा हामी गर्व गर्दछौं,’ उनले भने ।

सुरक्षा रोडम्यापका विशेषताहरु
● डाटाको अवमूल्यन इको सिस्टमबाट संवेदनशील भुक्तानी डाटा हटाएर वा चोरीएका खाताका विवरणहरू हटाएर
● डाटाको सुरक्षा डाटाको साथसाथै खाता विवरणहरू सेफगार्ड्स लागू गरी व्यक्तिगत तथा खाता विवरण सुरक्षित गरेर
● डाटा कन्ट्रोल राम्रो लेनदेनको मंजूरीमा विश्वास वृद्वि गर्न सम्भावित ठगी हुनुभन्दा पहिले ठगी पहिचान गरेर
● सशक्तिकरण बनाउदै खातावालाहरू र व्यापारीहरू सहित सबैलाई, भुक्तान सुरक्षित गर्नमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने