कीवर्डहरू -

उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको एनटीसी, स्काई र सिडिएमए प्रयोकर्ताहरु टावरमा आएका समस्याका कारण मर्कामा परेका हुन् ।

टावरले काम नगरे पछि आफन्तलाई फोन गर्न, अत्यावश्यक कामका लागि सम्पर्क गर्न र ईन्टरनेट चलाउन समेत समस्या भएको यसका प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । उनीहरुले देशकै ठुलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा समस्या आउनु लज्जाष्पद भएको बताएका छन् ।

यता नेपाल दूरसञ्चार कार्यालय कटारीले भने निरन्तर परेको वर्षाका कारण उदयपुरगढी स्थित टेलिकमको टावरमा खराबि आएकोले नेटवर्कमा समस्या भएको बताएको छ ।

कार्यालय प्रमुख जयनारायण चौधरीले उदयपुरगढीमा विद्युत सेवा नभएकोले टावरमा सोलार जोडिएको छ, केही दिन यता परेको झरीका कारण सोलार समेत चार्ज नहुँदा समस्या भएको बताए ।

उनले समास्या समाधानको प्रयास भैरहेको बताए । उनले यस क्षेत्रका सेवाग्रहीलाई मध्यनजर गरी यसैसाता भित्र अप्टीकल फाईवर विस्तार गर्न लागिएकोले अब नेटवर्क नआउने समस्या सधैंको लागि अन्त्य हुने दावी समेत गरे ।