कीवर्डहरू -

रोबोटिक्स र एआईको भविष्य बारे विज्ञसहितको वेबिनार हुदै, यसरी हुनुहोस् सहभागी

रोबोटिक्स र एआईको भविष्य बारे विज्ञसहितको वेबिनार हुदै, यसरी हुनुहोस् सहभागी

आठौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा रोबोटिक्स र एआईको भविष्यः उदाउँदो अर्थतन्त्र विषयमा वेबिनार आयोजना भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन अफ नेपाल, नामी र किङ्स कलेजको सहकार्यमा विज्ञ स्पीकर सहितको वेबिनार आयोजना हुने भएको हो ।

यो वेबिनार आईतबार साँझ ८ बजेबाट सुरु हुनेछ । यो वेबिनार कार्यक्रममा दी अर्डर अफ अष्ट्रेलियाका सदस्य, आई युनिभरसिटी जापानका प्रोफेसर तथा निकोलो टेस्ला टेक्नोलोजिज कर्पोरेसनका सिईओ एड्रिएन डेभिड चेवक र  वसेदा युनिभर्सिटीका अनुसन्धानकर्ता तथा निको टेक सान्जेनका सह संस्थापक ताकासु मासाकाजु की नोट स्पीकरको रुपमा सहभागी हुने छन् ।

त्यस्तै ईटीएच जुरिचका रिसर्च साइन्टिस्ट तथा नामीका सह संस्थापक डा. डण्ड पानि पौडेल, रिसर्च इन्जिनियर श्रृयशा पौडेल र स्काई टाइम एलएलसी हेलिकोप्टर्सका सिईओ एडवार्ड रोसकी पनि की नोट स्पीकरको रुपमा सहभागी हुनेछन् ।

अहिले कोभिड १९ महामारीको समयमा प्रविधिलाई कसरी उपयुक्त प्रयोग गरेर अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ । यो कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।