कीवर्डहरू -

एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने 

एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने 

केही दिन अघि मात्र गूगलले एन्ड्रोइड ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एनड्रोइड ११ को सार्वजनिक भएसँगै प्रयोगकर्ताले धेरै नयाँ फिचरहरु थप गरिएको छ ।

यही नयाँ फिचरहरु मध्य एक भनेको नयाँ ईमोजिहरु पनि हो । एन्ड्रोइड ११ प्रयोगकर्ताले अब ११७ ओटा नयाँ र अपडेट गरिएको ईमोजि पाउने छन् ।

ईमोजिपिडीयाको अनुसार नयाँ १७७ इमोजी ईमोजी १३.० मा आधारित भएर आएको हो । केही ईमोजिहरु केही महिना अघि देखि परीक्षण गर्न थालिएको थियो ।

यो २०१७ मा भएको ईमोजि अपडेट पछिको ठूलो अपडेट हो । सबै नयाँ नै छन् भन्ने पनि होइन् । कुनैकुनैमा हल्का परिवर्तन मात्रै पनि गरिएको छ । कुनैमा लाइनहरुलाई गाढा पारिएको छ भने कुनैमा अर्को रङ्गको ईमोजिलाई अर्कै रङ्गको बनाइएको छ ।

नयाँ ईमोजिहरुमा हँसिलो भएर आसुँ झारेको, चस्मा लाएर अर्कै मान्छे बनेको, चिमाटिरहेको औँला जस्ता ईमोजिहरु थपिएका छन् । त्यस्तै १० जना नयाँ मान्छेहरुको, १२ ओटा जनावरको ईमोजि पनि थपिएको छ ।

यो अपडेट भने सामसङ्को फोनमा प्राप्त हुदैन किनभने सामसङ्को आफ्नै ईमोजिको सेट रहेको छ । त्यसैगरी ह्वाट्सएप, ट्वीटर, फेसबुकको पनि आफ्नै ईमोजिको डिजाइन छ र गूगलको छुट्टै तालिका अनुसार अपडेट हुन्छ ।