कीवर्डहरू -

हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित

हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित

हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।

तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएको रिप गाउँका  वीरजन महताराले बताए ।

गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रासस