कीवर्डहरू -

नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने

नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने

नेपाली युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने उदेश्यले नेशनल योङ एकेडेमी नेपाल गठन भएको हो ।

डा. वसन्त गिरीको अध्यक्षतामा गठन भएको एकेडेमीको तदर्थ समितिमा डा. बालकुमारी ओलिया, डा. विषेश खनाल, डा. सागर रेग्मी, डा. स्मृति पन्त, डा. सुरज भट्टराई र डा. उत्तमबाबु श्रेष्ठ रहेका छन् ।

नेशनल योङ एकेडेमीमा विशुद्ध वैज्ञानिकहरुले मात्रै नभएर अन्य सबै विषयका अनुसन्धानकर्ता, अध्येताहरुले सदस्यता लिन पाउने छन् । युवा वैज्ञानिकहरुको संस्था भएकाले यसमा सदस्यता लिन उमेर हद तोकिएको छ ।