कीवर्डहरू -

आकर्षक फिचर सहित ओप्पो ए ५३ नेपालमा सार्वजनिक हुँदै, कति छ मूल्य ? 

आकर्षक फिचर सहित ओप्पो ए ५३ नेपालमा सार्वजनिक हुँदै, कति छ मूल्य ? 

ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओप्पो  ए ५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तिब्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए ५३ ले प्रयोगकर्ता तथा तिनका मित्रजनलाई तिब्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाई छ ।

९० हर्ज रिफ्रेश रेट सहितको ओपो ए ५३ मा थ्रीडी कर्भ्ड ईरिडसेन्ट वेभ डिजाइन राखिएको छ । ए ५३ मा प्रयोगतकर्तालाई निरन्तर प्रयोगमा सहजताका लागि ५ हजार एमएएच क्षमताको ब्याट्री १८ वाट फास्ट चार्ज सहित उपलब्ध छ ।

साथै यसमा रहेको क्वालकमको अत्याधुनिक ओक्टा कोर प्रोसेसर र ओपोकै पहिलो र्‍याम प्लस मेमोरी अप्टिमाइजेशनले समग्र तिब्र कार्य क्षमता प्रदर्शित गर्छ ।

‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यसमा रहेको ९० हर्ज नियो डिस्प्लेले हाल फ्ल्यागशिप फोनमा मात्र उपलब्ध सुविधाहरु पनि प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ ।

‘दैनिक सञ्चार तथा मनोरञ्जन लगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समय सम्म टिक्ने ब्याट्री, तिब्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचर्सहरु उपलब्ध गरिएको पनि उनले बताए ।’

साथै, ओपो ए ५३ मा रहेको सुपर पावर सेभिङ मोडले मात्र ५ प्रतिशत ब्याट्री बाँकी रहेको अवस्थामा समेत विभिन्न पावर सेभिङ उपायहरु मार्फत ब्याट्री बचत गर्ने क्षमता राख्छ । त्यसैगरी स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा मात्र २ प्रतिशत ब्याट्री खपत गर्दै ८ घण्टा सम्मको स्ट्याण्डबाई टाइम उपलब्ध गराउँछ ।

तिब्र कार्य क्षमताको सुनिश्चिताका लागि ए ५३ मा क्वालकमको स्न्यापड्रागन ओक्टा कोर ४६० प्रोसेसरको ब्यवस्था गरिएको छ । यसमा यूएफएस २.१ मा आधारित ४ जीबी र्‍याम दिइएको छ ।

साथै यसमा रहेको थ्री कार्ड स्लट मार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार अतिरिक्त सञ्चय क्षमतालाई २५६ जीबी सम्म बढाउन सक्ने सुविधा पनि दिइएको छ ।

ओपो ए ५३ को ६.५ ईन्को एचडी प्लस स्क्रिनमा कम्पनीले सिंगल पञ्च होल डिजाइन दिइएको छ । यसले फोनलाई आकर्षक देखाउनुका साथै आँखालाई सुरक्षापनि प्रदान गर्छ । यसमा रहेको एआई ब्राइटनेसले प्रयोगकर्ताका पछिल्ला ब्राइटनेस प्रिफरेन्सका आधारमा फोनको ब्याकलाइटलाई समायोजन गर्ने क्षमता राख्छ ।

प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाई प्रदान गर्ने सोचका साथ ए ५३ मा कम्पनीले डिर्‍याक २.० (स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधि) सुसज्जित एक जोडी सुपर डुअल स्पिकर्स पनि उपलब्ध गराएको छ । यसले गेमिङ, संगीत तथा चलचित्र हेर्दा प्रयोगकर्तालाई थप विशिस्त अनुभव प्रदान गर्छ ।

फोन अनलक गर्ने कार्यलाई अझ सहज र स्टाइलिस्ट बनाउन फोनको ब्याक कभरमा ब्याक फिंगरप्रिन्ट सेन्सरको समायोजन गरिएको छ ।

१६ एमपी फ्रन्ट क्यामेरा र ईन्टेलिजेन्ट ब्यूटिफिकेशन अल्गोरिथम्स सहितको ओपो ए ५३ ले प्रयोगकर्तालाई वातावरण, स्किन टोन वा प्रकाशको प्रकृतिको चिन्ता विना प्राकृतिक देखिने सेल्फी खिच्न सघाउँछ ।

साथै, यसमा फ्रन्ट क्यामेरा एआई ब्यूटिफिकेशन, फ्रन्ट क्यामेरा स्मार्ट टच अप र फ्रन्ट क्यामेरा कस्टमाइज्ड ब्यूटिफिकेशन लगायत फिचर्सपनि दिइएको छ ।

ओपो ए ५३ को पछिल्तिर १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सहितको १३ एमपी एआई ट्रिपल क्यामेराको सेटअप दिइएको छ । यसमा रहेको २ एमपी माइक्रो क्यामेरा मार्फत प्रयोगकर्ताले ४ सीएम सम्म नजिकको बस्तुमा जुम गर्दै डिटेल्सलाई तस्विरमा कैद गर्न सक्छन् ।

यो ट्रिपल क्यामेरा सेटअपलाई अझ सटिक र उपयोगी बनाउने सोचका साथ यसमा पोट्रेट बोके, ड्याजल कलर मोडका साथै एक दर्जन भन्दा बढी स्टाइलिश फिल्टर्सपनि उपलब्ध गरिएको छ । यिनको प्रयोग दैनिक फोटोग्राफ्स तथा भिडियोज्लाई अझ आकर्षक बनाउन सघाउँछ ।

यसमा म्यूजिक पार्टी, मल्टि यूजर मोड, आइकन पूल डाउन गेस्चर, सिम्पल मोड लगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

उपलब्धता

कम्पनीले ओपो ए ५३ लाई यही सेप्टेम्बर महिना भित्र सार्वजनिक गर्ने योजना बनाएको छ । फोन फ्यान्सि ब्ल्यू र ईलेक्ट्रिक ब्ल्याक गरी दूई भिन्न रंगमा उपलब्ध गरिने जानकारी दिइएको छ ।

फोनलाई ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमताका साथमा सार्वजनिक गरिने सम्भावना अधिक रहेको छ । फोनको मूल्यका बारेमा भने तत्काल जानकारी दिइएको छैन ।