कीवर्डहरू -

बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने

बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरण किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफुलाई आवश्यक सिजी, एलजी, गोदरेज, टिसिएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एन्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने छन् ।

जस अन्तरगत टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइक्रोवेभ, भ्याकम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्युरिफायर सिस्टम, चिमने किचेन अप्लाएनसेस् किस्ताबन्दीमा खरिद गर्न सकिने छ ।

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकलाई कुनैपनि ब्याज लाग्ने छैन ।

बैंक अफ काठमाण्डू लिमिटेड र सिजि डिजिटल प्रालि बिच भएको ब्यापारीक सम्झौता अन्तरगत बैंकका ग्राहकहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।

सीजी सोरुमहरु

कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर

एलजी सोरुमहरु

मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर

यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा बैंकमा सम्पर्क गर्न सकिने छ ।