कीवर्डहरू -

सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर

सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर

भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर ल्याएको छ । यो फिचर जूम बम्बिङ र साइबर आक्रमणलाई रोक्न ल्याएको  हो ।

यो फिचरलाई इनेबल गरेपछि सिस्टमले प्रयोगकर्तालाई एक पटक कोड हाल्न लगाउँछ । यो कोड एक पटकको लागि मात्रै मान्य हुनेछ । यो कोड एसएमएस वा गूगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर लगायतको माध्यमबाट पाउन सकिने छ ।

यस फिचरले प्रयोगकर्ताको डेटा र अकाउन्ट सुरक्षित राख्न सहयोग गर्छ । जूमको यो फिचर डेक्सटप तथा मोबाइल एप उपलब्ध रहेको छ । यस अघि जूमले इन्ड टू इन्ड इनक्रिप्सन फिचर पनि ल्याएको थियो ।