कीवर्डहरू -

मेरो शेयरको मोबाइल एप सार्वजनिक हुँदै

मेरो शेयरको मोबाइल एप सार्वजनिक हुँदै

आगामी भदौ ३१ गते मेरो शेयरको मोबाइल एप सार्वजनिक हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भदौ ३१ गते बुधबार मेरो शेयरको मोबाइल एप सार्वजनिक गर्ने भएको हो ।

भदौ ३१ गते बुधबारबाट एन्ड्रोइड प्रयोगकर्ताले मेरो शेयर एप प्रयोग गर्न सक्ने छन् । यो एपको आन्तरिक परीक्षण पनि सफल भएको छ ।

मेरो शेयर वेब पोर्टलमा उपलब्ध भएका सबै सुविधा अब एपबाट पनि प्रयोग गर्न सकिने छ । मेरो शेयरको वेब पोर्टलमा भिजिटर बढी भएर पोर्टल नखुल्ने तथा ढिलो चल्ने समस्या देखिएकोमा एपमा भने यो समस्या धेरै कम हुने अपेक्षा गरिएको छ ।