कीवर्डहरू -

संविधान दिवसको अवसरमा टेलिकमको अनलिमिटेड युट्युब, फेसबुक र एडअन प्याक

संविधान दिवसको अवसरमा टेलिकमको अनलिमिटेड युट्युब, फेसबुक र एडअन प्याक

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एडअन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टा छुट्टै ५५ रुपैयाँमा प्रति प्याक खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिद गरी डेटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डेटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *१४१५*११# डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै ग्राहकको सहजताका लागि नेपाल टेलिकमको एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।