कीवर्डहरू -

सार्वजनिक भयो मेरो शेयर एप, यसरी गर्नुहोस् डाउनलोड 

सार्वजनिक भयो मेरो शेयर एप, यसरी गर्नुहोस् डाउनलोड 

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भदौ ३१ बुधबार गते मेरो शेयरको मोबाइल एप सार्वजनिक गरेको छ । सीडीएससीले बुधबार मेरो शेयरको मोबाइल एपको बेटा भर्सन गूगल प्ले स्टोरेमा उपलब्ध गराएको हो ।

परीक्षणमा रहेको यो एप अबको केही दिनमै लगानीकर्ताले प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने छन् । मरो शेयरको वेबसाइटमा भएको माई आस्बा सुविधा बाहेक अन्य सुविधा एपमा उपलब्ध रहेको सीडीएससीले जनाएको छ ।

छिटै माई आस्बा पनि समावेश गरी यो एप पूर्ण सञ्चालनमा ल्याइने छ । गूगल प्ले स्टोरमा परीक्षणको लागि उपलब्ध भएको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । साथै केही समय पछि एप्पलको एप स्टोरेमा समेत यो एप उपलब्ध हुनेछ ।