कीवर्डहरू -

युट्युब, फेसबुक तथा अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं आफ्नो बैंक खातामा

युट्युब, फेसबुक तथा अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं आफ्नो बैंक खातामा

नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी रकम सिधैं आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

अनलाइन माध्यम वा सफ्टवेयर सम्बन्धि कामबाट प्राप्त हुने कमाईलाई वैधानिक माध्यममार्फत भित्र्याउने प्रयास स्वरुप नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने बताएको छ ।

स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा नै रकमान्तर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।