कीवर्डहरू -

साओमीको मी टिभी नेपालमा, कति छ मूल्य ? 

साओमीको मी टिभी नेपालमा, कति छ मूल्य ? 

साओमीले नेपालमा मी टिभी सार्वजनिक गरेको छ । कम्पनीले ४३ इन्च र ५५ इन्चको मी टिभी शुक्रबार सार्वजनिक गरेको हो ।

४३ इन्चको एलइडी टिभीमा फूल एचडी प्लस रिसोलुसन रहेको छ । त्यस्तै यसमा एचडीएमआई, युएसबी, ब्लुटुथ तथा इथरनेट केन्टिभिटीको सुविधा रहेको छ । यसमा २० वाटको स्पीकर पनि उपलब्ध रहेको छ ।

\"\" ४३ इन्चको मी एलइडी टिभि फोरए प्रोमा स्मार्ट भ्वाइस रिमोट समेत रहेको छ । गूगल असिस्टेन्ट सहित एन्ड्रोइड नाइन ओएस रहेको छ । ४३ इन्चको मी टिभीको मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले शुक्रबार नै ५५ एन्चको मी टिभी फोर एक्स सार्वजनिक गरेको छ । यसमा फोर के रिसोलुसन सहित १० बिटको डिस्प्ले रहेको छ ।

\"\" २० वाटको स्पीर रहेको ५५ इन्चको मी टिभीमा एचडीएमआई, युएसबी, इथरनेट, ब्लुटुथ लगायतको सुविधा रहेको छ । त्यस्तै यसमा स्मार्ट भ्वाइस रिमोट र गूगल असिस्टेन्टको सुविधा रहेको छ । भने एन्ड्रोइड नाइन अपरेटिङ सिस्टम रहेको छ । ५५ इन्चको मी टिभीको मूल्य नेपालमा ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।