कीवर्डहरू -

टिकटकको जस्तै फिचर भएको युट्युब सर्टस      

टिकटकको जस्तै फिचर भएको युट्युब सर्टस      

सामाजिक सञ्जाल माध्यमा टिकटक एक अत्यन्तै चर्चित सामाजिक सञ्जाल हो । धेरै देशहरुमा यसको भविष्यनै सङ्कटमा रहेकाले अरु एपहरुले यसको फाइदा उठाउन थालेका छन् ।

इन्स्टाग्रामले केही दिन अघि मात्रै टिकटक जस्तै फिचर फिचर भएको रिल्स फिचर सार्वजनिक गरेको थियो । अब यही बाटोमा युट्यूब पनि लागेको छ ।

यूटयूबले पनि टिकटक जस्तै फिचर भएको सर्टस निकालेको छ । यो एप भित्रकै सानो भिडियो बनाउन मिल्ने फरम्याट हो ।

कम्पनीले केही दिन अघि बाट नै मोबाइल एपमा भने सानो भिडियो किल्पहरु देखाउन थालिसकेको थियो । सर्टसमा भने टिकटक र रिल्स जस्तै भिडियो एडिट गर्न मिल्ने फिचर पनि रहेको छ ।

यो फिचर अहिले बेटा भर्सनको रुपमा भारतमा मात्रै उपलब्ध गराइएको छ । यी भिडियोहरु १५ वा त्यो भन्दा कम सेकेन्डको हुन सक्छन् र युट्यूबले केही ब्याकग्राउन्ड म्यूजिक पनि दिनेछ ।

धेरै जनाले चलाउन भनेर युट्यूबले यो फिचरलाई एपको तल बटन बनाएर राख्नेछ । यो फिचरलाई अहिले प्रतिक्रिया लिनको लागी मात्रै ल्याइएको हो ।