कीवर्डहरू -

विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका बारे डिजिटल संवाद हुदै

विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका बारे डिजिटल संवाद हुदै

डिजिटल संवादको १८ औं श्रृंखलामा विज्ञान प्रविधि र इन्नोभेसन मार्फत प्रमाण आधारित निर्णयमा विकास एजेन्सीहरुको भूमिका विषयमा छलफल हुने भएको छ ।

आज दिउँसो १ बजेदेखि जुममार्फत सञ्चालन हुने कार्यक्रम डिजिटल संवाद, लिभिङ विथ आइसिटी लगायतका फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ ।

यस कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरु स्रोत व्यत्तिको रुपमा रहेका छन । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डां सन्जय शर्मा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका चिफ अफ टेक्नोलोजी डा. रबिन्द्र ढकाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सिईओ प्रदीप ज्ञवाली र युएनडीपी नेपालका हेड अफ एक्सपेरिमेन्टेसन बिषम ज्ञवाली रहेका छन् ।

त्यस्तै कार्यक्रममा मर्सीक्रप्सकी कन्ट्री डाइरेक्टर क्रिष्टी गेटम्यान, विरेन्द्र बज्राचार्य र दी एशिया फाउन्डेसनका प्रोग्राम अफिसर प्रनय स्थापित पनि सहभागी हुनेछन् । कार्यक्रमको सेसन चेयर पूर्वमन्त्री गणेश शाहले गर्नेछन ।

डिजिटल संवाद नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनदेखिनै सुरु भएको वृहत अनलाइन छलफल कार्यक्रम हो ।

यसमा प्रविधिका विभिन्न पक्षलाई सरकार, सरोकारवाला र डोमेन च्याम्पियनहरुलाई समावेश गर्दै खुल्ला राउण्ड टेवल डिस्कसनको फम्र्याटमा कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा इच्छुक जोकोहिले सहभागिता जनाउन सक्नेछन । यसको लागि यो लिंकमा क्लिक गरि रजिस्ट्रेशन गर्न सकिनेछ । कार्यक्रम लाइभ हेर्नको लागि आज(शनिवार) ठिक १ बजे यो पेजमा जोडिन सकिनेछ । कार्यक्रम महिनाको पहिलो र अन्तिम शनिवार पाक्षिक रुपमा सञ्चालन हुदै आइरहेको छ ।