कीवर्डहरू -

ओपन सोर्स सफ्टवेयरको महत्व र सफ्टवेयर फ्रिडम डे 

ओपन सोर्स सफ्टवेयरको महत्व र सफ्टवेयर फ्रिडम डे 

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्याङ्ग त छैन तर् ९५ प्रतिशत भन्दा बढी नेपाली कम्प्युटर प्रयोगकर्ताहरु ‘पाइरेटेड’ सफ्टवेयर नै प्रयोग गर्छन ।

केही ठुला बैंक, अन्तराष्ट्रिय गैर सरकारी सस्थाहरु बाहेक अरुका कम्प्युटरमा सक्कली सफ्टवेयर भेट्न गाह्रो हुन्छ ।विश्व बजारमा माइक्रोसफ्टको सफ्टवेयरले झण्डै ८० प्रतिशत हिस्सा ओगटेको छ ।

तर यसप्रति उपभोक्ताको आकर्षण घट्दो छ भने लिनक्स (खुल्ला स्रोत) र एप्पलको बजार बढ्दै  गैरहेको छ । मोबाइल ओएसमा हेर्ने हो भने त ओपन सोर्स सफ्टवेयर एन्ड्रोइडले नै बजार कब्जा गरेको छ ।

‘सफ्टवेयर फ्रिडम डे’ आईटी क्षेत्रको वार्षीक उत्सव हो जून ‘फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर’ को लागि मनाईने गरिन्छ । यहाँ फ्रि भन्नाले पैसा नलाग्ने मात्रै नभएर ‘फ्रिडम फर प्रोप्राइटरी सफ्टवेयर’ भन्ने बुझिन्छ ।

त्यस्तै ‘नन् फ्रि सफ्टवेयर’ भनेको जून हामीले किन्नुपर्छ, त्यो कसैसँग ‘शेयर’ गर्न पनि सकिदैन र आफ्नो सहुलियतको हिसावले त्यसलाई ‘मोडिफाई’ गर्न पनि सकिदैन । जस्तै ‘माईक्रोसफ्ट विन्डोज’ ति मध्ये एक हुन ।

मुख्य कुरा ‘फ्रि एण्ड ओपन सफ्टवेयर’ सबैको सल्लाह र सुझाव लिएर समुदायमा तयार पारिन्छ भने ‘ क्लोज अर्थात नन् फ्रि सफ्टवेयर’ एक बन्द ल्याव भित्र तयार पारिन्छ जहा पक्लिकको सहभागिता रहन्न ।

सामान्यतया हामी सोच्छौ, हामीले कम्प्युटर किन्दा ‘ माइक्रोसफ्ट विन्डोज’ फ्रि मा नै आउछ भनेर तर त्यो सही हैन जून धेरैजसो ‘पाइरटेड भर्जन’ मा हुन्छ । नेपालीको प्रतिव्यक्ति आयसँग सक्कली सफ्टवेयरको मूल्य दाज्ने हो भने यो सम्भव छैन ।

माइक्रोसफ्टको सक्कली ओएसलाई दुइ सय अमेरिकी डलर र अफिस प्याकेजलाई झन्डै तिनसय अमेरिकी डलर पर्छ । उपभोक्ताले डेढ सय रुपैया र डेढ सय अमेरिकी डलर बिच तुलना पक्कै गर्नेछन ।

यस्तो अवस्थामा उपभोक्ताको रोजाई पाईरेटेड सफ्टवेयर नै हुनेछ । केहि समय अगाडी प्रसिद« सफ्टवेयर निर्माण कम्पनी माइक्रोसफ्ट र नेपालको बातावरण विज्ञान तथा प्रविधी मन्त्रालय बिच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा माइक्रोसफ्टले नेपालको सुचना प्रविधी क्षेत्रको विकासमा लगानी गर्ने जनाएको छ । उक्त सम्झौता सकिएपछि नेपालले सक्कली सफ्टवेयरको लागि अरबौ रकम खर्चनुपर्ने हुनसक्छ, किनकी सधैभरी माइक्रोसफ्टले निशुल्क सफ्टवेयर प्रदान गर्न पक्कै सक्दैन ।

अर्थात पाइरेसी सफ्टवेयर नेपालमा बन्द गर्ने कानुन ल्याएमा वा मुद्धा परेमा समस्या आउने देखिन्छ । यि यस्ता कारणहरुबाट पनि फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर तर्फ धेरैको ध्यान आकर्षीत हुदै गएको छ ।

‘सफ्टवेयर फ्रिडम डे’ सार्वजनिक शैक्षिकको एक प्रयास हो । यो दिवसको दिन फ्रि एण्ड ओपन सोर्स सफ्टवेयरलाई प्रयोग गर्ने र त्यसलाई मनाउने मात्र नभएर यसले पब्लिकलाई उत्साह प्रदान गर्ने र फाईदा पुर्याउने एउटा कदम पनि हो ।

सफ्टवेयर फ्रिडम डे को स्थापना सन् २००४ अगस्ट २८ तारीखमा भएको हो । जून कार्यक्रममा विश्वभरका ७० टिमहरुको सहभागतिा भएको थियो । सन् २००५ सेप्टेम्बर १० तारिखमा ६० वटा देशहरुबाट ३०० बटा भनदा बढी टिमहरुको सहभागितामा दोस्रो ‘सफ्टवेयर फ्रिडम डे’ मनाईएको थियो ।

सधै झै यसबर्ष पनि सेप्टेम्वरको तेस्रो शनिबार अन्तर्गत सेप्टेम्वर १९ का दिन संसारभर  ‘सफ्टवेयर फ्रिडम डे २०२०’ मनाईदै छ । सेप्टेम्वर १९ अर्थात असोज ३ गते सफ्टवेयर फ्रिडम डे मनाइदै छ ।

विभिन्न आइटी कलेजहरुमा समेत यसलाइ महत्वपुर्ण कार्यक्रमको रुपमा मनाइन्छ । विश्वव्यापिकरण र बजारीकरण सँगै, कम्प्युटर अनि सफ्टवेयरहरुमा पनि प्रतिस्पर्धा देखिएको छ ।

बढ्दो बजारीकरण सँगै अस्वस्थ प्रतिस्प्रधा बढेको छ, अनि कुनै समुह विशेष सफ्टवेयर तथा कम्प्युटर नै प्रयोग गर्न प्रयोगकर्ताहरुले अप्रत्यक्ष दबाब झेल्नुपरेको अवस्था छ ।

यसै कुरालाई मध्यनजर राख्दै खुल्ला तथा स्वतन्त्र सफ्टवेयरमा विश्वास गर्ने यूवाहरुको पहलमा ‘फोस नेपाल’ नामक सस्थाको स्थापना गरिएको थियो । सरकारी क्षेत्रमा समेत फ्रि एण्ड ओपन सफ्टवेयरको प्रवर्द्धनको लागि आवाज उठिरहेको छ ।