कीवर्डहरू -

फोन अत्याधिक तात्तिदा के गर्ने ?

फोन अत्याधिक तात्तिदा के गर्ने ?

वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा फोन अत्याधिक तातिने गर्छ ।

यसले गर्दा स्मार्टफोन ह्याङ्ग हुने , ब्याट्री चाँडै सकिने जस्तो समस्या हुने गर्छन । यसलाई कम गर्न तलको केही उपायहरु प्रयोग गर्न सकिन्छ ।

घामबाट टाढा राख्ने

घाममा धेरै बेर सम्म फोनलाई छोड्यो भने स्मार्टफोनले घामको ताप लिने गर्दछ । यसले गर्दा फोन चल्नै छाडिदिन्छ ।

स्मार्टफोनले तापलाई धेरै बेर सम्म राखिरहने गर्दछ जसले गर्दा फोन अत्याधिक तात्तिने गर्दछ । त्यसैले हामीले स्मार्टफोनलाई घाममा छाडिदिनु हुदैन ।

स्क्रीनको ब्राईटनेस धेरै नबढाउने

स्मार्टफोनको स्क्रीनको ब्राईटनेस धेरै बढायो भने त्यसले ब्याट्री र प्रोसेसरलाई झन बढि काम गराउँछ र फोन तातिने गर्दछ ।

बाहिर उज्यालो ठाँउमा हेर्नुपर्‍यो भने स्क्रीनको ब्राईटनेस बढाउनु भन्दा फोनमा ग्लेर स्क्रीन लगाउँदा राम्रो हुन्छ ।

ब्याकग्राउन्ड एपलाई बन्द गर्ने

हेम बटन या ब्याक बटन थिचेर मात्रै एप बन्द हुदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र स्मार्टफोनले पनि कम काम गर्नुपर्छ र फोन तात्तिदैन् ।

अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिने

स्मार्टफोन अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिनुपर्छ । फोनको कभरले तापलाई बाहिर जान बाट रोक्छ र अझै तताई दिन्छ । फोनको कभर हटाए पछि स्मार्टफोन छिटै चिसो हुन्छ ।

स्मार्टफोनलाई फ्रिजमा नराख्ने

धेरैले फोन छिटो चिसो हुन्छ भन् ठानेर फोनलाई फ्रिजमा राखिदिन्छन तर यसले उल्टै फोनलाइ गलत प्रभाव पार्ने गर्दछ ।

अचानक तापक्रम परिवर्तन हुदाँ फोनलाई नराम्रो असर पार्छ र भित्र चिसो पनि छिर्न सक्छ जस्ले फोनलाई बिगार्न सक्छ ।