भुक्तानी र वित्तिय सेवा प्रदान गर्ने पेटिएम एप अब फेरि गूगल प्ले स्टोरमा उपलब्ध भएको छ । कम्पनीले गूगल प्ले स्टोरमा फेरि आफू फर्किएको कुरा ट्वीटको माध्यमबाट जानकारी दिएको थियो ।
गूगलले केही दिन अघि कुनै जानकारी बिना नै पेटिएम एपलाई गूगल प्ले स्टोरबाट हटाइदिएको थियो । त्यसपछि फेरि राख्दा पेटिएमले आफ्नो आधिकारक टवीटरको पेज मार्फत फर्किएको र नयाँ अपडेट पनि ल्याएको जनाएको छ ।
पेटिएमका संस्थापक विजय शेखर शर्माले टवीटरमा आफूले यूपीआई क्यासब्याक क्यामपेन लञ्च गरेका कारणले गूगलले प्ले स्टोरबाट हटाइदिएको बताएका छन् ।
गूगलले प्ले स्टोरबाट एप हटाइदिएपछि कम्पनीले ब्लग पोष्ट मार्फत सबै प्रयोगकर्ताहरुको ब्यालेन्स र लिङ्क अकाउन्ट सुरक्षित भएको जानकारी दिएको थियो ।
गूगलले पेटिएमको क्यासब्याक अफरलाई जुवा जस्तै मानेर आफ्नो नीति उल्लघंन भएको भन्दै हटाइदिएको थियो । आफ्नो अफर नीतिगत नै रहेको तर अहिले केही समयको लागी यो अफर हटाउने कम्पनीले बताएको छ ।