कीवर्डहरू -

ओप्पो एफ १७ प्रो नेपालमा चाँडै सार्वजनिक हुने

ओप्पो एफ १७ प्रो नेपालमा चाँडै सार्वजनिक हुने

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जाल मार्फत नयाँ उत्पादन सार्वजनिक हुने जनाएको हो ।

नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन् ।

ओप्पोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १७ प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ ।

फोनमा दिइएको अल्ट्रा स्लिक फेशनेवल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओपो एफ १७ प्रोले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ १७ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा  एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ ।

नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएतापनि हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हाल सम्म कम्पनीले ओपो एफ १७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेश गरिने आशा गरिएको छ ।