कीवर्डहरू -

नास्टले बनायो पीपीई परीक्षण गर्न सकिने डिभाइस

नास्टले बनायो पीपीई परीक्षण गर्न सकिने डिभाइस

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पीपीई परीक्षण गर्न सकिने डिभाइस बनाएको छ । नास्टले पीपीईका साथै माक्सको पनि परीक्षण गर्न सकिने नेपालकै पहिलो प्रोटक्टिभ क्लोथिङ पेनिटेसन टेष्ट डिभाइसको विकास गरेको हो ।

\"\"

यसले पछिल्लो समय बढ्दै पीपीई र माक्सको जथाभावी उत्पादन, बिक्री वितरणलाई पनि केही हदसम्म रोकथाम नियन्त्रण गर्न सहयोग पुर्‍याउने अपेक्षा राखिएको नास्टले जनाएको छ ।

सम्वृद्धिका लागि नवप्रवर्तन केन्द्रमा विश्वकर्मा पुजा र राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर यही असोज १ गते प्रोटक्टिभ क्लोथिङ पेनिटेसन टेष्ट डिभाइसको उद्घाटन गरिएको थियो ।

\"\"