कीवर्डहरू -

इन्फोडेभलपर्स र डेटम सिस्टम्स बीच सहकार्य, ट्रस्टएमल सिस्टम सहकारी संस्थालाई पनि उपलब्ध हुने  

इन्फोडेभलपर्स र डेटम सिस्टम्स बीच सहकार्य, ट्रस्टएमल सिस्टम सहकारी संस्थालाई पनि उपलब्ध हुने  

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाको लागि पनि उपलब्ध हुने भएको छ ।

यसको लागि डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा बैंकिङ सफ्टवेयर उपलब्ध गराउदै आएको संस्था इन्फोडेभलपर्स प्राइभेट लिमिटेडबीच समझदारी भएको छ ।

सो समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्ताक्षर गरेका छन् ।

\"\"

यस समझदारीबाट सहकारी संस्थाहरुले  अत्यन्त सरलिकृत रुपमा  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग ) निवारण ऐन, २०६४ र सहकारी विभागले समय समयमा दिएका निर्देशन बमोजिम ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरण को आधारमा जोखिम निर्धारण गर्न सक्नेछन ।

ग्राहकको पेशा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरी  च्यानल समेतको आधारमा जोखिम निर्धारण गर्न सक्ने बताइएको छ ।

ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन ।

यसका अतिरिक्त  ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिबेदन इलेक्ट्रोनिक मध्यम बाट पठाउन सकिने छ ।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्रावधानको कार्यान्वयन गर्न आवश्यक पर्ने साधन, श्रोत, प्रविधि र ज्ञान सहकारी संस्था सम्म पुग्न यस समझदारी कोशेढुंगा हुने बताएका छन् ।

बैंकिङ सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरुलाई सस्तो र सुलभ रुपमा उपलब्ध भएपछी सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष्य र  सन् २०२१ हुने परस्पर मूल्यांकनमा पुग्न सहयोग मिल्ने  इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी ले आशा व्यक्त गरे ।