कीवर्डहरू -

गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने

गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने

गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरेक कन्फेरेन्स कल अघि आफ्नो कोठा कस्तो देखिरहेको छ भनेर चिन्ता लिनुभन्दा अब यो फिचर प्रयोग गर्न सकिन्छ ।

ब्याकग्राउन्डमा भएको सबै कुरा धमिलो हुने हुँदा कोही अरु पछाडि छन भने नी देखिदैनन् । कम्पनीको अनुसार गूगल मीटले मान्छेलाई सजिलैसँग ब्याकग्राउन्डबाट छुटयाउन सक्छ जसले गर्दा तपाईको भिडियो भने सफा र स्पष्ट देखिन्छ ।

केही दिन अघि गूगल मीटले ब्याकग्राउन्डको आवाज हटाउन सकिने फिचर ल्याएको थियो । भिडियो कन्फ्रेन्सिङ् गर्दा कुनै किसिमको गलत असर नपर्न दिन यी फिचरहरु ल्याइएको हो ।

तल्लो दाँया भागमा रहेको ‘मोर’ बटनमा थिचेर धमिलो ब्याकग्राउन्डको अपसनमा थिच्न सकिन्छ । यो बैठक चलिरहँदा वा सुरु हुनु भन्दा पहिले पनि सुचारु गर्न सकिन्छ । तर यसको भने एक नकारात्मक प्रभाव पनि रहेको छ ।

गूगलको अनुसार यो फिचरले प्रयोगकर्ताको डिभाइसलाई सुस्त बनाइदिन्छ । त्यही कारणले अरु एप राम्ररी चल्नको लागी यो फिचर अफ गरेको नै राम्रो हुन्छ । यो सँगसँगै एपले टाइल्ड भ्यूमा एकैचोटि ४९ जना मान्छेहरुलाई पनि हेर्ने फिचर दिन्छ ।

फूजी फिल्म, सोनी, क्यानन, अलीमपस जस्ता वेब क्यामको प्रयोग गरियो भने कन्फ्रेन्सिङ अझै राम्रो देखिन सकिन्छ ।