कीवर्डहरू -

गूगल ड्राइभको ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने

गूगल ड्राइभको  ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने

गूगल ड्राइभले ३० दिन पछि ट्रयास फोल्डरमा रहेको फाइलहरु आफै डिलिट गरिदिने फिचर ल्याउने भएको छ । अहिले सम्म गूगल ड्राइभको ट्रयास फोल्डरमा रहेको फाइलहरु सधै त्यही रहने गर्थे । तर अब यस्तो हुने छैन् ।

यो फिचर अक्टोबर १३ देखि लागु हुने भएको छ । ३० दिन पछि ट्रयास फोल्डरका फाइलहरु रहदैनन् । अक्टोबर १३ मा पहिले देखि भएको ट्रयास फाइल भने ३० दिनसम्म रहन्छन् । ३० दिन पुगिसकेपछि तिनीहरु पनि डिलिट हुन्छन् ।

यो परिवर्तनले सबै गूगल ड्राइभ प्रयोगकर्ताहरुलाई असर भने पार्नेछ । एडमिनबाट चलाइएको गूगल ड्राइभ अकाउन्ट भने थप २५ दिनसम्म रीस्टोर गर्न मिल्छ । यो अपडेट अक्टोबर १३ मै आए पनि सबै प्रयोगकर्ताहरुले प्राप्त गर्न भने १५ दिन लाग्नेछ ।

यो कुराको नोटिफिकेसन एपले दिन थालिसकेको छ र पछि परिवर्तनको जानकारी पनि आउनेछ । एडिटर प्रोडक्टमा भने यो जानकारी सेपटेम्बर २९ देखि आउँछ ।