कीवर्डहरू -

धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने 

धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने 

धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

उक्त धरान उप महानगरपालिकालाई कनेक्ट आइपीएस ई–पेमेन्टमा राष्ट्रिय वाणिज्य बैंकमार्फत आबद्ध गराइएको हो ।

अब उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी कनेक्ट आइपीएस ई–पेमेन्ट मार्फत अन्लाइनबाटै भुक्तानी गर्न सकिने छ ।

यसका लागि सबैभन्दा पहिले एकपटक आफ्नो वडामा गएर ईमेल र मोबाइल नम्बर दर्ता गराउनुपर्ने छ । त्यसपछि उपमहानगरको वेबसाइटमा गएर युजरनेम र पासवर्ड लिनुपर्छ ।

यसरी लगइन गरेपछि आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस मार्फत् कर बुझाउन सकिने छ। यस सुविधासँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।