कीवर्डहरू -

कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न विकास तथा प्रविधि समितको निर्दैशन 

कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न विकास तथा प्रविधि समितको निर्दैशन 

संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानहरुलाई क्लिन फिड अर्थात विज्ञान रहित बनाउन सरकारलाई निर्दैशन दिएको हो ।

समितिको सोमबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई क्लिन फिड लागु गराउन र विज्ञानपन बोर्ड गठन गर्न समेत निर्देशन दिएको छ ।

प्रविधि तथा विकास समितिको बैठकले स्वदेशी टेलिभिजनलाई प्रवर्द्धन गर्न विदेशी टेलिभिजन प्रशारणमा विज्ञापन हाल्ने नीति नलिन पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले यस ऐनको कार्यान्वयनबाट नेपालमा कति विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् रयसले पार्ने सकारात्मक नकारात्मक प्रभावका बारेमा मन्त्रालयले धारणा १५ दिनभित्र पठाउन समेत निर्दैशन दिएको छ ।

नेपाल विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन आगामी कात्तिक ८ गतेदेखि हुदै छ ।