कीवर्डहरू -

विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने

विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने

अब विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना मार्फत यस्तो जानकारी दिएको हो ।

विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेट आदी मार्फत पैसा पठाउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ ।

विदेशबाट नेपालीले पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफै स्वयं उपस्थिति भई भुक्तानी लिन नसकेको अवस्थामा वालेटमा रहने तोकिएको सिमा भन्दा बढी भएको रकम भुक्तानी सेवा प्रदायकले संस्थाले प्रापकको बैंक खातामा स्थानतरण हुने व्यवस्था मिलाउनु पर्नेछ ।