कीवर्डहरू -

ट्याक्सी मार्फत दशैमा घरजानेहरुका लागि बुकिङ खुला, यसरी गर्नुहोस् बुकिङ  

ट्याक्सी मार्फत दशैमा घरजानेहरुका लागि बुकिङ खुला, यसरी गर्नुहोस् बुकिङ  

इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । ‘चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर’ नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुविधा सहितको बुकिङ्ग खुला गरेको हो ।

इजी ट्याक्सी नेपाल एपमार्फत नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् । जसअन्तरगत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ ।

कम्पनीले नेपालमै पहिलो पटक इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले बताए ।

‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहज रुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैँमा मानिसहरु घर जान सकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं,’ उनले भने, ‘यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं ।’

यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिवरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । उक्त म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगत रुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्रयाक गर्न सकिने सुविधा रहेको छ ।

इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ ।

त्यस्तै कम्पनीले सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्ने जनाइएको छ ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ्रे बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ ।

सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुविधा लिन सक्नेछन । साथै इजी ट्याक्सी नेपालको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसको लागि यहाँ क्लिक गर्नुहोस् ।