कीवर्डहरू -

भारतमा अनलाइन स्टोर खोल्दै एप्पल

भारतमा अनलाइन स्टोर खोल्दै एप्पल

एप्पलले २३ सेप्टेम्बरमा भारतमा आफ्नो अनलाइन स्टोर खोल्ने भएको छ । यसले गर्दा भारतीय ग्राहकहरुलाई एप्पलको सामान किन्न सजिलो हुने भएको छ ।

भारतमा पनि आफ्नो व्यवसाय बिस्तार हुन्छ भनेर कम्पनी एकदमै खुशी देखिएको छ । अहिले कोभिडको महामारीले गर्दा सबै ग्राहकहरुले टेक्नोलोजीको माध्यमबाटै जोडिनु परेको हुदा यस्तो अवस्थामा अनलाइन स्टोर एकदमै राम्रो विकल्प हो ।

अब जुन पनि एप्पलको सामान घरमै प्राप्त गर्न सकिन्छ । एप्पलका वरिष्ठ उपाध्यक्षको अनुसार यस्तो गाह्रो अवस्थामा एप्पल स्टोरले ग्राहकहरुलाई नयाँ चिजहरु अनुभव गर्ने मौका प्रदान गर्दछ र एकअर्कासँग जोडिन पनि मद्दत पुर्‍याउने जनाइएको छ ।

एप्पलका अनुसार अनलाइन स्टोरमा सबै एप्पलको सामान र सहयोग प्रदान प्राप्त हुनेछ । त्यो सँगै अस्तिको हप्ता मात्रै घोषणा गरेका उत्पादनहरु पनि एप्पलले भारतमा उपलब्ध गराउनेछ ।

भारत एप्पलको लागी राम्रो बजार बन्दै गइरहेको छ । आफ्नो केही सामानहरु एप्पलले भारतमै बनाउन पनि थालि सकेको छ । फक्सकनले यो वर्ष देखि आइफोन ११ भारतको चेनाईमा बनाउन थालेको छ र सन २०१७ देखि अरु आइफोनको मोडेल पनि बनाउँदै आएको छ ।