कीवर्डहरू -

मिड रेन्ज डिभाइसका लागि क्वालकमले सार्वजनिक गर्‍यो फाइभजी प्रोसेसर

मिड रेन्ज डिभाइसका लागि क्वालकमले सार्वजनिक गर्‍यो फाइभजी प्रोसेसर

क्वालकमले फाइभ जी चल्ने स्न्यापड्रयागन ७५० जी प्रोसेसर सार्वजनिक गरेको छ । फाइभजी क्यापेबल यो प्रोसेसर मिड रेन्जको डिभाइसहरुको लागी बनाइएको हो ।

यसको सबै भन्दा महत्वपूर्ण फिचर भनेको अपडेट गरिएको ४ ट्रिलियन अपरेसन पर सेकेन्ड एआई सिस्टम हो । यो एआई सिस्टमले ईको हटाउने र गेम, च्याट र भ्वाइस असिस्टेन्टका लागी ब्याकग्राउन्डको आवाज हटाउने गर्दछ ।

क्वालकमको अनुसार यसले ब्याकग्राउन्डमा भएको धेरै जस्तो आवाजहरु हटाउन सक्दछ जसमा कतै निर्माण भइरहेको आवाज वा कुकुरले भुकिरहेको आवाज अथवा बच्चाहरुको आवाज जस्ता कुराहरु पर्दछन् ।

यो नयाँ चीपले २० प्रतिशत सीपीयू र १० प्रतिशत जीपीयूको साथमा ७३० जी स्न्यापड्रयागन पनि दिने गर्दछ । यसले ७६५ जी स्नापड्रागन जस्तै एमएमवेभ र सब ६ गीगाहर्ज ५ जीलाई सपोर्ट गर्दछ ।

यसले ३.७ जीबीपीएस स्पीडमा फाइभजी सँग काम गर्दछ । त्यसैगरी यसले ‘इलाईट गेमिङ’ लाई पनि चल्नमा मद्दत पुर्‍याउँछ ।