कीवर्डहरू -

गूगलले पेड क्रोम एक्सटेन्सनमा रोक लगाउने

गूगलले पेड क्रोम एक्सटेन्सनमा रोक लगाउने

गूगलले क्रोम स्टोरमा राखिएका पेड क्रोम एक्सटेन्सनमा रोक लगाउने भएको छ । कम्पनीले पहिले पनि अस्थायी रुपमा यो फिचरलाई बन्द गरेको थियो ।

नाइभ टू फाइभ गूगलका अनुसार यसलाई स्थायी बनाउने योजना बनाइरहेको छ । यो परिवर्तन सँगै डेभलपरहरुले ग्राहकहरुसँग लिने क्रोम एक्सटेन्सनको पैसा लिन पाउने छैनन् ।

गूगलले डेभलपरहरुलाई सन् २०१० मा वेब स्टोर सार्वजिनक गरेको समय भन्दा अहिले भुक्तानीको विभिन्न विकल्प रहेको हुदा यो काम अब गूगलले नहेर्ने बताएको थियो ।

कम्पानीले अहिले नै भुक्तान विस्तारसँग सम्बन्धित सबै फिचर बन्द गर्न सुरु गरिसकेको छ । डेभलपरहरुले पनि मार्च देखि यो सन्दर्भमा कुनै नयाँ फिचर ल्याउन पाएका छैनन् ।

कम्पनीले डिसेम्बरमा निःशुल्क परिक्षण पनि हटाउने भएको छ । त्यसैगरी फेब्ररीमा इन–एप किन्न मिल्ने फिचर पनि हटाउने भएको छ ।