कीवर्डहरू -

नबिल बैंकको मोबाइल बैंकिङ सेवा पुनः सुचारू 

नबिल बैंकको मोबाइल बैंकिङ सेवा पुनः सुचारू 

प्राविधिक समस्याका कारण बिहीबार दिउँसो देखि अवरुद्ध भएको नबिल बैंकको मोबाइल बैंकिङ सेवा सुचारू भएको छ ।

बैंकको मोबाइल बैंकिङ सेवा शुक्रबार बिहान देखि पुनः सञ्चालनमा आएको छ । नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । डिजिटल बैंक बन्ने उदेश्यले केही समय अगाडी मात्रै बैंकले नबिल डिजि बैंक स्थापना गरेको थियो ।

नबिल बैंकले फोनबाटै एकलाख सम्मको लोन लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकको मोबाइल एपबाट लोन लिन सकिन्छ ।