कीवर्डहरू -

ट्वीटरले आफ्नो एपमा अडियो डाईरेक्ट मेसेज गर्न मिल्ने फिचर परीक्षण गर्दै

ट्वीटरले आफ्नो एपमा अडियो डाईरेक्ट मेसेज गर्न मिल्ने फिचर परीक्षण गर्दै

ट्वीटरले आफ्नो एपमा अडियो डिएम (डाईरेक्ट मेसेज) गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको छ । आईओएसमा तीन महिना अघि भ्वाइस ट्वीटको फिचर निकालेपछि अब अडियो डाईरेक्ट मेसेजको फिचर पनि परीक्षण गरिरहेको हो ।

ट्वीटरको अनुसार यो फिचर पहिले ब्राजिलमा जाँच हुने छ । प्रयोगकर्ताहरुले आफूलाई व्यक्त गर्न विभिन्न माध्यम चाहिने हुदा ट्वीटरले यो प्रक्रियाको पनि जाँच गर्न खोजेको हो ।

यो इन्टरफेसमा प्ले वा पज बटन र मेसेज नचाहिने लागेमा रिपोर्ट गर्ने विकल्प पनि हुन्छ । गत जुन महिनामा ट्वीटरले ‘भ्वाइस टवीटीङ्’ भन्ने विकल्प ल्याएको थियो जसले पोष्टमा अडियो क्लिप राख्न मिल्ने हुन्थ्यो ।

हरेक एउटा आवाजको रेकर्डिङ् १४० सेकेन्डको हुने गर्दछ तर त्यसपछि पनि बोल्यो भने थ्रेड बनाएर जारी राख्न सकिन्छ । शारिरिक रुपमा अशक्त भएका मान्छेहरुको लागी राम्ररी चलाउन नसक्ने हुदा यो एपले धेरै चोटि आलोचना पनि भोग्नुपरेको थियो ।

यही कमिलाई हटाउन एपले यो फिचरहरु ल्याउने प्रयास गरेको हो । यसले मान्छेहरुलाई झनै नजिक ल्याउने अनुमान लगाइएको छ ।