कीवर्डहरू -

अनलाइन पेमेन्ट सुरक्षित बनाउन वान पासवर्डले अब भर्चुअल कार्ड बनाइदिने 

अनलाइन पेमेन्ट सुरक्षित बनाउन वान पासवर्डले अब भर्चुअल कार्ड बनाइदिने 

अनलाइनमा क्रेडिट वा डेबिट कार्डको विवरण हाल्दा धेरैजसो जहिले पनि मन शशङ्कित हुने गर्दछ । यसको लागी व्यवसायीले हाम्रो जानकारी सुरक्षित राखिदिन्छ भनेर हामी आशा गर्ने गर्दछौँ । तर अब वान पासवर्डले कसैको माथि पनि भरोसा नगर्नुपर्ने बनाइदिएको छ ।

अब वान पासवर्डले भर्चुअल कार्ड बनाइदिने भएको छ । प्राइभेसी डटकम सँगको सहकार्यमा वान पासवर्ड प्रयोगकर्ताहरुले अब आफ्नो वास्तविक कार्डको जानकारी लुकाएर भर्चुअल कार्डबाट पेमेन्ट गर्न सक्ने छन् ।

हरेक सर्भिसका लागी छुट्टा छुटटै भर्चुअल कार्ड बनाउन पनि सम्भव रहेको छ । यस्तो गर्दा डेटा चोरिएमा पनि आत्तिनु पर्ने भने हुदैन् । प्राइभेसी डटकमले पनि आफ्नै प्राइभेसी कार्ड निकालेको छ तर वान पासवर्डसँगको कार्डले अझै बढि सुरक्षा फिचर प्रदान गर्ने गर्दछ ।

अहिले सम्म भर्चुअल कार्डको फिचर भने अमेरिकामा मात्रै उपलब्ध गराइएको छ तर बिस्तारै अरु देशहरुमा पनि यो सेवा उपलब्ध गराइने बताइएको छ । वान पासवर्डले अहिले नयाँ ग्राहकको लागि २५ प्रतिशत सम्मको छुट दिइरहेको छ ।

यसको अर्थ हरेक महिना एउटा अकाउन्टको २.९९ अमेरिकी डलर पर्ने ठाउँमा अहिले भने २.२४ अमेरिकी डलर पर्ने छ । वान पासवर्ड फेमिली अकाउन्ट ५ जना सम्मले प्रयोग गर्न सक्दछन् । एजेन्सीको सहयोगमा