कीवर्डहरू -

कसरी हुदैछ \'आइसिटी अवार्ड २०२०\' को छनौट ? यस्तो छ प्रक्रिया 

कसरी हुदैछ \'आइसिटी अवार्ड २०२०\' को छनौट ? यस्तो छ प्रक्रिया 

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ । यो नोमिनेशन संख्या गत वर्षभन्दा दोब्बर बढी रहेको आयोजकले जनाएको छ ।

आइसिटी अवार्डमा यस वर्ष विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुला गरिएको थियो । स्टार्टअप आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधामा सबैभन्दा धरै नोमिनेशनहरू प्राप्त भएका छन् । सबै विधाहरूमा गत वर्षभन्दा यस वर्षको नोमिनेशन उत्साहजनक रहेको बताइएको छ । कोभिड–१९ को महामारी र लकडाउनको बाबजुद पनि आइसिटी अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजी भइरहेको अनुभव गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

\"आइसिटी आइसिटी अवार्ड २०१९ को छनौट प्रकृयामा भएको स्पिड डेटिङ सेसन

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ । यो नोमिनेशन संख्या गत वर्षभन्दा दोब्बर बढी रहेको आयोजकले जनाएको छ ।


स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड, सेल्फ नोमिनेशनका विधाहरू रहेका छन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । इन्नोभेसन र वुमन आइकन यस वर्ष थप गरिएका नयाँ अवार्ड विधाहरू रहेको आयोजकले जनाएको छ ।


आइसिटी अवार्ड २०२० को लागि १४ जना विभिन्न क्षेत्रका विज्ञहरू जुरी समितिमा र १२ जना विशिष्ट व्यक्तिहरू जुरी सल्लाहकारमा रहेका छन् । आयोजकले गत भदौ २४ गते जुरी र जुरी सल्लाहकारहरूको भर्चुअल मिटिङ सञ्चालन गर्दै छनौट प्रक्रिया शुरू भएको जनाएको छ ।

\"\" आइसिटी अवार्ड २०१९ को छनौट प्रकृयामा भएको \'प्रिजेन्टेशन\' सेसन

डिजिटल इभ्यालुसन सिस्टम तयार पारी सोही अनुरूप छनौट प्रक्रिया अघि बढेको छ । यस वर्ष लगभग ३ महिनाको अवधिमा १५ बढी मिटिङहरू सञ्चालन हुनेछन् । यस वर्ष छनौट प्रक्रिया अझ व्यवस्थित गर्दैै आयोजकले ११ विधालाई ३ समूहमा विभाजन गर्दै प्रक्रिया अघि बढाएको छ ।


यस वर्ष \'जुरी मिटिङ\' र छनौट प्रक्रिया अधिकांश रूपमा डिजिटल प्रविधि मार्फतबाट हुनेछ । डिजिटल इभ्यालुसन सिस्टम तयार पारी सोही अनुरूप छनौट प्रक्रिया अघि बढेको छ । यस वर्ष लगभग ३ महिनाको अवधिमा १५ बढी मिटिङहरू सञ्चालन हुनेछन् ।

११ विधालाई ३ समूहमा विभाजन गरी छनोट प्रक्रिया
यस वर्ष छनौट प्रक्रिया अझ व्यवस्थित गर्दैै आयोजकले ११ विधालाई ३ समूहमा विभाजन गर्दै प्रक्रिया अघि बढाएको छ ।


सेक्सन ए क्याटेगोरिज
सेक्सन ए क्याटेगोरिजमा सेल्फ नोमिनेशनका ४ विधाहरू समावेश छन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० सेक्सन ए का अवार्ड विधाहरू हुन् । यी विधाहरूको छनौट प्रक्रिया विभिन्न ४ चरणमा सञ्चालन हुनेछन् । पहिलो चरणमा उक्त विधामा राखिएको मापदण्ड पूरा गरेको हुनुपर्नेछ । यी विधाहरूमा विभिन्न मापदण्डहरू समावेश गर्दै नोमिनेशन खुला गरिएको थियो । मापदण्ड पूरा नभएका स्टार्टअप, प्रडक्ट, प्रोजेक्ट र इन्नोभेसनहरू पहिलो चरणबाट बाहिरिनेछन् । त्यसपश्चात् दोस्रो चरणमा जुरी समूहले विभिन्न मापदण्ड बनाएर उत्कृष्ट १२ को छनौट गर्नेछन् ।

तेस्रो चरणमा उत्कृष्ट १२ लाई प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा समावेश गरिनेछ । प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनबाट उत्कृष्ट ५ को छनौट हुनेछ । उत्कृष्ट ५ लाई पब्लिक भोटिङमा समावेश गरिनेछ । अनलाइन तथा एसएमएसबाट झण्डै एक महिना भोटिङ सञ्चालनमा रहनेछ । उत्कृष्ट ५ स्टार्टअप र इन्नोभेसनको लागि जुरीले फिल्ड भिजिट पनि गर्न सक्नेछन् । यी विभिन्न चरणको छनौटपश्चात् ग्राण्ड फिनालेको दिन सर्वोत्कृष्टको छनौट हुनेछ ।

\"\"

आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ ।


सेक्सन बी क्याटेगोरिज
सेक्सन बी क्याटेगोरिजमा व्यक्तिलाई दिइने अवार्ड विधाहरू रहेका छन् । यस विधामा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० रहेका छन् । यी विधाहरूमा पनि विभिन्न ४ चरणको छनौट प्रक्रिया हुनेछ । पहिलो चरणमा निर्धारित मापदण्ड पूरा भएका आवेदकहरू अर्को चरणमा प्रवेश गर्नेछन् । यसपश्चात् जुरी समूहले सबै विधामा उत्कृष्ट ७ को छनौट गर्नेछन् । त्यसपछि उत्कृट ३ को छनौट हुँदै सर्वोत्कृष्ट छानिनेछ । यी विधाहरूमा पब्लिक भोटिङ सञ्चालन हुने छैनन् ।

सेक्सन सी क्याटेगोरिज
सेक्सन सी क्याटेगोरिजमा सरकारी संस्थाहरूलाई प्रदान गर्ने अवार्डका विधाहरू रहेका छन् । डिजिटल एजुकेशन आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२० यसमा रहेका विधाहरू हुन् ।  यी विधाहरूमा पनि सेक्सन बी क्याटेगोरिजको जस्तै विभिन्न ४ चरणका छनौट प्रक्रियाहरू सञ्चालन हुनेछन् ।

\"\"

सन् २०१६ देखि शुरू भएको आइसिटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको छ । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, एनआइटिसी, डिओआइटी, नेपाल दूरसञ्चार प्राधिकरण, जिनस सोलुसन, नेपाल टेलिकम, इमिनेन्स वेज लगायतका संस्थाहरूको सहयोग रहेको छ ।


\"\"