सनराइज बैंकले बैंकले डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।
यस सेवासँगै अब सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।
बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने छ ।