कीवर्डहरू -

साउन महिनामा मात्रै ईकमर्स मार्फत १ अर्ब २० करोड बढीको व्यापार

साउन महिनामा मात्रै ईकमर्स मार्फत १ अर्ब २० करोड बढीको व्यापार

नेपाल राष्ट्र बैंकले पहिलो पटक ईकमर्स मार्फत भएको कारोबारको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गएको साउन महिनामा क्युआरमा आधारित पीएसओ र ईकमर्स मार्फत भएको कारोबारको जानकारी शुक्रबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले क्युआरमा आधारित पीएसओ र ईकमर्सको तथ्यांक यही साउन महिनादेखि संकलन गर्न शुरु गरेको जनाएको छ ।

गएको साउन महिनामा १ लाख ६८ हजार ६२७ कारोबार संख्याबाट ईकमर्स मार्फत १ अर्ब २० करोड १० लाख रुपैयाँ कारोबार भएको तथ्यांकमा उल्लेख रहेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ तथा वालेटबाट हुने कोरोबारमा समेत कमी आएको छ ।