कीवर्डहरू -

अब अनलाइन मार्फत सानिमा बैंकमा क्रेडिट कार्डको लागि आवेदन दिन सकिने

अब अनलाइन मार्फत सानिमा बैंकमा क्रेडिट कार्डको लागि आवेदन दिन सकिने

अब सानिमा बैंकले ग्राहकहरुले अनलाइन मार्फत क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने भएका छन् । बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइटमा गई क्रेडिट कार्ड आवेदनमा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने छन् ।

फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएको र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् प्राप्त हुनेछ ।

यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा पनि सामान खरिद गर्न सकिन्छ ।