कीवर्डहरू -

टेक वेविनार नेपालले \'रोडम्याप टू एमभीपी\' विषयमा बाइसौँ श्रृङ्खला आयोजना हुदै

टेक वेविनार नेपालले \'रोडम्याप टू एमभीपी\' विषयमा बाइसौँ श्रृङ्खला आयोजना हुदै

टेक वेविनार नेपालले “ रोडम्याप टू एमभीपी” भन्ने विषयमा आफ्नो बाइसौँ श्रृङ्खला गर्ने भएको छ । यो कार्यक्रम आइतबार, ४ अक्टोबरको दिनमा हुनेछ । यो वेविनार ६ बजे नेपाली समयमा अनलाइन माध्यमबाट हुनेछ । 


कार्यक्रममा एपीएसी डेभ्लोपर रिलेसन ओलिभिया हाले एपीएसीको जिम्मेवारी र कर्तव्यको बारेमा बताउनेछिन् । यनीले पहिले देखिनै एपीएसी एमभीपी संयोजक भएर काम पनि गरेकी छिन् । यनी यूटयूबर पनि हुन् ।


त्यस्तै माइक्रोसफ्टका एमभीपी र डोगमा ग्रुपका कन्सलटेन्ट भएर काम गरिरहेका प्रदीप कंडेललाई पनि वक्ताको रुपमा बोलाइने भएको छ । उनी करिब एक दशक देखि सफ्टव्येर, प्रोडक्ट र टेक्नोलोजीको विषयमा काम गरिरहेका छन् । उनी पहिले क्लाउड माइग्रेसन आक्सिलरेसनमा पनि काम गर्ने गर्दथे । उनी नेपाल क्लाउड प्रोफेसनलमा प्रयोगर्ताको ग्रुप अग्रज पनि हुन् ।


कार्यक्रममा अभानाडेको प्रिन्सिपल डेभअप्स कन्सलटेन्ट महमहद रडवान पनि वक्ताको रुपमा आउनेछन् । उनीले करिब २ दशकमा विश्वव्यापी रुपमा ५०ओटा इन्टरप्राइज कम्पनीलाई सहयोग गरेका छन् । 


वक्ताको रुपमा एनसेल बीआई इन्जीनियर अनिल महर्जनले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनीको करिब ८ वर्षको अनुभव रहेको छ । यो कार्यक्रमले टेक्नोलोजीसँग सम्बन्धित धेरैलाई सहयोग पु¥याउने बताइएको छ ।