कीवर्डहरू -

दश वर्षपछि विकिपिडियाको साइट रिडिजाइन हुँदै

दश वर्षपछि विकिपिडियाको साइट रिडिजाइन हुँदै

Credit: Wikimedia Foundation


विकिपिडियाले एक दशकमा पहिलो पटक आफ्नो डेक्सटप साइटमा रिडिजाइन गर्ने भएको छ । गैर नाफामूलक संस्था विकिमिडिया फाउण्डेसनको अनुसार यो परिवर्तनलाई बिस्तारै नयाँ फिचरहरु र ट्वीकको साथ रोलआउट हुनेछ ।

सन २०२१ सम्ममा नयाँ इन्टरफेस र फिचर सबै प्रयोगकर्ताहरुले पाउने बताइएको छ । दिनहुँ सवयं ससेवकहरुले इनसाईक्लोपिडियाको जानकारी परिवर्तन गर्दै नयाँ जानकारी थपे पनि साइटको इन्टरफेसमा भने एक दशक देखि कुनै परिवर्तन आएको छैन् ।

तर अब भने नयाँ प्रयोगकर्ताहरुलाई आर्कषित गर्नका निम्ति केही परिवर्तन ल्याउने जनाइएको छ । यो साइट पनि अब आधुनिक देखिने बताइएको छ । बाहिरको प्रस्तुतिसँगै कन्टेन्ट पनि अझै राम्रो बनाउँदै लगिने छ ।

विकिमिडियाको अनुसार उनीहरुको सबै भन्दा महत्वपूर्ण लक्ष्य भने साइटलाई प्रयोग गर्न सहज पार्नु हो । उनीहरुले परिवर्तन गरेपछि पनि विकिपिडियाको प्रमुख स्वरुप भने परिवर्तन नगर्ने बताएका छन् । अपडेट पछि विकिपिडियाको सूचना देखाउने चौडाईमा पनि फरक आउनेछ ।

प्रमुख लेखहरुको चौडाई ९६० पिक्सेलमा सिमित गरिनेछ । फरक गरिएपछि धर्र खाली सेतो ठाउँ हुने पनि बताइएको छ । यसलाई धेरै विकिपिडियाकै एडिटरहरुले विरोध गरे पनि निर्माताहरुको यही विचार रहेको छ ।

अब टेबल अफ कन्टेन्टमा जान पनि पटकपटक माथि जानु पर्दैन । लेखको तल सम्म पनि यो उपलब्ध भइरहन्छ । राम्ररी प्रतिक्रिया र जानकारी प्राप्त गरेर मात्रै विस्तारै साइटमा परिवर्तन ल्याइने छ । एजेन्सीको सहयोगमा